images
images

सेयर बजार ओरालो लाग्दै


  • 629
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    सेयर बजार ओरालो लाग्दै

    काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक ०.७० प्रतिशतले घटेको छ ।

    नेप्से १८.५६ अंकले घटेर २६१८.५६ बिन्दुमा पुगेको छ । 

    आज ६ अर्ब १४ करोड रूपैंया बराबरको कारोबार भएको छ । आज भएको ७५ हजार ४६ कारोबारबाट १ करोड २७ लाख कित्ता सेयर कारोबार भएको छ ।

    त्यसैगरी  समता लघुवित्त र रुरु जलविद्युत् परियोजनाको सेयरमा सकारात्मक सर्किट दखिएको छ ।

     ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।


    images

    Logo