images
images

भोलिदेखि यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्दै, कति पर्छ भाडा ?


  • 390
    SHARES
  • २०८१ कार्तिक २६ गते सोमबार

    भोलिदेखि यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्दै, कति पर्छ भाडा ?

    काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ ।

    यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ । यो रुटमा यसअघि बुद्ध एयरले नियमित उडान गर्दै आएको छ ।


    images

    Logo