images
images

भैरहवा र पोखराबाट अतिरिक्त उडान सुरु गरेपछि बुद्ध एयरले घटायो भाडा, अब कति पर्छ ?


  • 515
    SHARES
  • २०८१ कार्तिक २७ गते मंगलबार

    भैरहवा र पोखराबाट अतिरिक्त उडान सुरु गरेपछि बुद्ध एयरले घटायो भाडा, अब कति पर्छ ?

    काठमाडौं । काठमाडौं विमानस्थलको स्तरोन्नति तथा सीमिति उडानका बीच बुध्द एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको छ ।

    सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुध्द एयरले अब दैनिक थालेको छ । त्यसैगरि भैरहवाबाट पोखराको लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ ।

    बुध्द एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको बिहान, दिउँसोको दाँजोमा भाडादर घटाएको छ । पोखराको लागि ५००, भैरहवा तथा नेपालगञ्जका लागि १००० तथा जनकपुरधामका लागि ८०० रुपैयाँ भाडादर घटाएको छ ।

    भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुको उडानले त्यस भेगमा थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई पनि टेवा पुग्ने बुध्द एयरको विश्वास छ ।

    यसैगरि काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुध्द एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको छ ।


    images

    Logo