images
images

नेपाल रेडियोलोजिस्ट सङ्घ द्वारा नयाँ कार्यसमिति गठन


  • 573
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    नेपाल रेडियोलोजिस्ट सङ्घ द्वारा नयाँ कार्यसमिति गठन

    काठमाडौं । नेपाल रेडियोलोजिस्ट सङ्घको साधारण सभाले प्राडा हेन्सन खड्काको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    सङ्घको शनिबार सम्पन्न साधारणसभाले उपाध्यक्षमा डा अनामिका झा, महासचिवमा डा सुन्दर सुवाल, सहसचिवमा डा प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा हरि ओम जोशी, सहकोषाध्यक्षमा डा अभिशेक शाह निर्वाचित भए ।

    त्यसैगरी सङ्घका सदस्यमा डा कल्पना राई, डा विश्वराज बस्ताकोटी र डा तेजेन्द्र कार्की चयन भए ।

    सङ्घका निवर्तमान अध्यक्ष प्राडा दानबहादुर कार्की नयाँ कार्यसमितिको पदेन सदस्य रहनुभएको छ ।

    कोभिड–१९ का कारण उत्पन्न विशेष परिस्थितिका कारण भर्चुअल रुपमा कार्यक्रम आयोजना गरी नयाँ कार्यसमिति चयन गरिएको हो । 


    images

    Logo