images
images

काठमाडौंसहितका केही स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध


  • 466
    SHARES
  • २०८१ मंसिर २ गते आइतबार

    काठमाडौंसहितका केही स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध

    काठमाडौं । काठमाडौंसहित देशका केही ठाउँमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका प्रिपेड तथा पोस्टपेडको फोन बिहान ११ बजे केहीबेर अवरुद्ध भएको हो ।

    नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको भन्दै सामाजिक सञ्जालमा उपभोक्ताहरुले गुनासो गरिरहेका छन् ।

    सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । सेवा अहिले भने सुरु भइसकेको छ । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।


    images

    Logo