काठमाडौं । रुसको अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम स्वीकृति निलिइ काम गरिरहेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न आदेश दिएको छ । विद्यार्थीले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरिरहको भन्दै अदालतले उनीहरुलाई नेपाल डिपोर्ट गर्ने फैसला सुनाएको हो ।
सोपुछको क्रममा उनीहरुले विश्वविद्यालयमा अध्ययन गरिरहेको कागज पनि देखाउन नसकेको आरोप पनि लगाइएको छ ।
उनीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटको कल सेन्टरमा काम गरिरहेका थिए । जहाँबाट उनीहरुलाई पक्राउ गरिएको थियो । तिमध्ये १२ जना महिला हुन् ।
विद्यार्थी भिसामा रुस पुगेका उनीहरुले काम गर्ने अनुमति पाएका थिएनन् । गत कार्तिक १४ गते उनीहरुलाई रुसको अभ्यागमन विभागका अधिकारीले पक्राउ गरेका थियो ।