images
images

नयाँ कोइला ऊर्जा प्लान्ट नबनाउने धनी देशहरूको प्रतिज्ञा


  • 535
    SHARES
  • २०८१ मंसिर ६ गते बिहीबार

    नयाँ कोइला ऊर्जा प्लान्ट नबनाउने धनी देशहरूको प्रतिज्ञा

    काठमाडौं । प्रमुख कोइला उत्पादक अस्ट्रेलियासहित २५ वटा धनी देशले नयाँ कोइला विद्युत् प्लान्ट नबनाउने प्रतिज्ञा गरेका छन् ।

    विश्व जलवायु सम्मेलन कोप–२९ मा स्वैच्छिक प्रतिज्ञामा हस्ताक्षर गर्दै उनीहरूले अत्यधिक प्रदूषणकारी जीवाश्म इन्धनको प्रयोग चरणबद्ध रूपमा हटाउने प्रक्रिया स्वरूप कोइलाबाट चल्ने विद्युत् प्लान्ट नबनाउने प्रतिज्ञा गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

    प्रतिज्ञापत्रमा बेलायत, क्यानाडा, फ्रान्स, जर्मनीलगायत देशहरूले हस्ताक्षर गरेका छन् । यो प्रतिज्ञाले कोइलाको उत्खनन वा निर्यात रोक्न भने बाध्य पार्दैन । चीन, भारत र अमेरिकासहित विश्वका धेरै ठूला कोइला–ऊर्जा उत्पादकहरूले प्रतिज्ञापत्रमा हस्ताक्षर गरेनन् ।

    हस्ताक्षर गर्ने युरोपेली सङ्घ (ईयू) का जलवायुदूत वोप्के होएक्स्ट्राले जीवाश्म इन्धनबाट टाढा जाने प्रतिबद्धतालाई पूरा गर्न कोइलाबाट ऊर्जा उत्पादन गर्ने कामलाई रोक्दै जानुपर्ने बताए ।

     


    images

    Logo