images
images

टिकट नपाउँदा कोरिया उड्न पाएनन् ईपीएस पास गरेका १४ सय श्रमिक


  • 323
    SHARES
  • २०८१ मंसिर ६ गते बिहीबार

    टिकट नपाउँदा कोरिया उड्न पाएनन् ईपीएस पास गरेका १४ सय श्रमिक

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मा छनोट भएर भिसा लागेका १४ सय श्रमिक टिकट नपाउँदा कोरिया उड्नबाट रोकिएका छन् । टिकट उपलब्ध गराउने जिम्मेवारी पाएको कोरियन एयरको जिएसए युनिभर्सल टुर एण्ड ट्राभलले श्रमिकलाई टिकट उपलब्ध गराउन नसकेको हो । 

    हवाई टिकट उपलब्ध गराउन नसक्दा श्रमिकहरूको हवाई उडान प्रभावित बन्दै आएको छ ।

    कोरिया जाने श्रमिकले ट्रान्जिट प्रयोग गर्न पाइँदैन । युनिभर्सलले एउटा टिकटको ८ सय ९५ डलर (करिब १ लाख १९ हजार रुपैयाँ) मा श्रमिक उडाउने टेन्डर पाएको थियो । युनिभर्सलले हाल कोरिया जाने नियमित श्रमिकबाहेकलाई सरदर एकलाख ५० हजार रुपैयाँमा उपलब्ध टिकट बेचिरहेको छ ।

    कोरियन एयरको हप्तामा सिओल–काठमाडौंको सिधा उडान तीन वटा छ । भिसा जारी भएको तीन महिनाभित्र श्रमिक कोरिया पुगिसक्नुपर्नेछ । 

    गत साउन एकदेखि कार्तिक ३० गतेसम्म ३१ सय ७२ जना श्रमिक कोरिया उडिसकेका छन् । उत्पादन क्षेत्रमा ८ हजार एकसय ५१, कृषि क्षेत्रमा ८ हजार ५ सय, पानी जहाज निर्माण क्षेत्रमा चार हजार गरी २० हजार ६ सय ५१ जना रोष्टरको सूचीमा छन् । उनीहरूलाई रोजगारदाताले छनोट गर्न बाँकी छ ।


    images

    Logo