images
images

एनपीएललाई मध्यनजर गर्दै नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’


  • 397
    SHARES
  • २०८१ मंसिर १६ गते आइतबार

    एनपीएललाई मध्यनजर गर्दै नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’

    काठमाडौं । नेपाल टेलिकमले मंसिर १५ गतेदेखि सुरू भएको नेपाल प्रिमियर लिग (एनपिएल) लाई मध्यनजर गर्दै 'एनटी क्रिकेट धमाका प्याक' सार्वजनिक गरेको छ ।

    मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको 'मिट एण्ड ग्रिट' कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रूपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरेका हुन् ।

    यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६९९ रूपैयाँमा ३०० जिबी डेटा उपलब्ध हुनेछ ।

    जसमा प्रतिदिन १० जिबी डेटा प्रयोग गर्न सकिने र १० जिबीको लिमिट पूरा भए बाँकी समय ३ एमबिपिएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ ।

    यसैगरी ४९९ रूपैयाँमा प्रतिदिन ५ जिबीका दरले १५० जिबी डेटा उपलब्ध हुनेछ, जसमा ५ जिबीको लिमिट पूरा भए बाँकी समय २ एमबिपिएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ ।

    पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समेत समावेश गरिएका धमाका प्याकहरुको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ ।

    मंसिर १४ गतेदेखि आगामी पुस ६ गतेसम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरु मोबाइलबाट*१४१५* ११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

    कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरु सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकुन् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताइन् ।

    यसका साथै नेपाल प्रिमियर लिग सम्पन्न हुने किर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि स्मल सेल लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टरसञ्चालनका लागि १ जिबिपिएस गतिका २ थान 'एफटिटिएच' निःशुल्क जडान कार्य समेत सम्पन्न गरेको छ ।


    images

    Logo