images
images

रोजगारीका लागि कात्तिक एकै महिनामा विदेशिए ७० हजारभन्दा बढी नेपाली


  • 647
    SHARES
  • २०८१ मंसिर १९ गते बुधबार

    रोजगारीका लागि कात्तिक एकै महिनामा विदेशिए ७० हजारभन्दा बढी नेपाली

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनामा मात्रै रोजगारीका लागि ७० हजार भन्दा बढी नेपाली विदेशिएका छन् ।  वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका हुन् । 

    त्यसमध्ये जसमा ६२ हजार ८९० पुरुष र बाँकी ७ हजार १०० महिला रहेको विभागले जनाएको छ । 

    व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या १२ हजार ५९८ रहेको छ । जसमा १० हजार २६८ पुरुष र दुई हजार ३३० महिला रहेका छन् । त्यस्तै संस्थागत (मेनपावर) मार्फत श्रम स्वीकृति लिएर २३ हजार ५५६ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।

    कात्तिकमा ६७० जना मात्रै जी टु जी मार्फत गएका छन् । चालु आर्थिक वर्षको चार महिनामा करिब साढे २ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनदेखि कात्तिक मसान्तसम्ममा दुई लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

    व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या बढ्दो क्रममा छ । भने संस्थागत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या घट्दो छ ।

    असोजमा ८ हजार ९३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश गएका थिए भने कात्तिकमा १२ हजार ५९८ जना गएका छन् । 


    images

    Logo