images
images

एक महिनामा गौतमबुद्ध विमानस्थलमा ५ हजार अन्तर्राष्ट्रिय यात्रु, कुन विमानले कतिलाई दिए सेवा ?


  • 406
    SHARES
  • २०८१ मंसिर २० गते बिहीबार

    एक महिनामा गौतमबुद्ध विमानस्थलमा ५ हजार अन्तर्राष्ट्रिय यात्रु, कुन विमानले कतिलाई दिए सेवा ?

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् । विमानस्थलका अनुसार ३ नोभेम्बर (१८ कात्तिक) देखि ३ डिसेम्बर (१८ मंसिर) सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएका छन् । यस अवधिमा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए ।

    त्यसैगरी २ हजार ५ सय ३३ यात्रु भने भैरहवा अवतरण गरेका छन् । यस अवधिमा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन् ।

    वायुसेवा कम्पनीहरूले काठमाडौं आउने यात्रुलाई भैरहवा हुँदै ल्याएका कारण ट्रान्जिट संख्या बढेको हो । एक महिनामा कुल १ सय ५६ उडान/अवतरण भएका छन् । ७८ उडान र ७८ अवतरण भएको तथ्यांक छ ।

    एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ । यसले १ हजार ७ सय ९२ यात्रु उडाएको छ भने १ हजार २ सय ४२ यात्रुलाई भैरहवा ल्याएको छ ।

    त्यस्तै दोस्रो स्थानमा फ्लाई दुबई छ । यसले १ हजार १ सय १३ यात्रु भैरहवा ल्याएको छ भने १९ जनालाई भैरहवाबाट उडाएको छ ।

    एक महिनामा कुन कम्पनीले कति यात्रुलाई दिए सेवा ?

    जजिरा : ३०३४

    फ्लाई दुबई : ११३२

    थाई एयर एसिया : ४४७

    कतार : ९३

    नेपाल एयरलाइन्स : ३९

    चार्टर्ड : २६


    images

    Logo