images
images

इन्टरनेट कम्पनीहरूले अझै तिरेनन् दुई अर्ब बक्यौता


  • 498
    SHARES
  • २०८१ मंसिर २१ गते शुक्रबार

    इन्टरनेट कम्पनीहरूले अझै तिरेनन् दुई अर्ब बक्यौता

    काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले अझै सरकारलाई बक्यौता रकम तिर्न बाँकी रहेको नियामक निकायले बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नियमितरुपमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी नतिरेका कम्पनीहरूबाट सो रकम उठाउन बाँकी छ ।

    सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सर्वाेच्चको फैसलाअनुसार करिब सवा दुई अर्ब बक्यौता गएको कात्तिक ३० गते सरकारलाई तिरेको थियो ।

    यसबाहेक प्राधिकरणले गत साउनमै पत्राचार गरेका ४७ आईएसपीमध्ये धेरैले अझै बक्यौता नतिरेका हुन् ।

    प्राधिकरणका अनुसार आरटीडीएफ र रोयल्टी नियमितरूपमा नतिर्ने कम्पनीलाई पछिल्लोपटक फेरि पत्राचार गरिएको थियो । तर वर्ल्डलिंकबाहेकका अरु धेरैजसो कम्पनीले बक्यौता तिरेका छैनन् ।

    उनका अनुसार प्राधिकरणले अझै यी दुई शीर्षकमा करिब दुई अर्ब रुपैयाँ प्राप्त गर्न बाँकी छ । यसअघि मर्मतसम्भार बापतको गैरदूरसञ्चार सेवामा कर नलाग्ने भन्दै ती कम्पनीहरूले उक्त रकम भुक्तान गरेका थिएनन् ।


    images

    Logo