images
images

४ महिनामा २७१ विदेशीलाई नेपालमा श्रम स्वीकृति


  • 484
    SHARES
  • २०८१ मंसिर २१ गते शुक्रबार

    ४ महिनामा २७१ विदेशीलाई नेपालमा श्रम स्वीकृति

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा २ सय ७१ विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार कात्तिकसम्म गैरनेपाली नागरिकलाई उक्त संख्यामा श्रम स्वीकृति दिइएको हो । कात्तिक २०८१ मा ५७ जनाले मात्र श्रम स्वीकृति पाएका छन् ।

    यस अवधिमा ३ सय ३० विदेशीको श्रम स्वीकृति नवीकरण गरिएको समेत विभागले जनाएको छ । त्यस्तै प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको सम्बन्धमा १३ वटा अनुगमन गरिएको थियो । यसै अवधिमा विभागले विदेश जाने नेपालीमध्ये ६६ हजार ६५ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

    विभागले अघिल्लो आव २०८०/८१ मा १ हजार २० गैरनेपालीलाई श्रम स्वीकृति दिएको थियो । एक वर्षमा १ हजार ६ सय ६५ गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागको तथ्यांकमा छ ।

    उक्त वर्ष विभागले विभिन्न ४४ प्रतिष्ठान पुगेर विदेशी नागरिकको श्रम स्वीकृति भए–नभएको अनुगमन गरेको थियो । नेपालमा होटल, व्यापारिक प्रतिष्ठान र निर्माण क्षेत्रमा बढी विदेशी नागरिकले काम गर्ने गर्छन् ।


    images

    Logo