काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयावधि पुनः थप हुने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) को बैठकले निषेधाज्ञाको जेठ १५ दिन थप गरी जेठ १५ सम्म पुर्याउने निर्णय गरेको हो ।
सीसीएमसीले निर्णय गरेर पठाए पनि मन्त्री परिषद्ले भने यसलाई पारित गरेको छैन । मन्त्री परिषद्ले पास गरेपछिमात्रै यो निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू गरिएको थियो । यस अघि बसेको बैठकले यहि वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।


