images
images

कोभिड–१९ डेडिकेटेड अस्पतालका रूपमा राष्ट्रिय ट्रमा सेन्टर 


  • 665
    SHARES
  • २०७८ बैशाख २७ गते सोमबार

    कोभिड–१९ डेडिकेटेड अस्पतालका रूपमा राष्ट्रिय ट्रमा सेन्टर 

    काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । 

    सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताए । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला सेन्टरले कोभिड–१९ का बिरामीलाई मात्र उपचार गरेको थियो । 

    अहिले ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको  सेन्टर बुधबारसम्ममा पूर्ण रुपमा सञ्चालन हुने छ ।  उनले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिए । 

    सेन्टरमा १० सघन उपचार कक्ष र २०० शय्या छन् । उनले थप आइसियु र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने बताए । अहिले सेन्टरमा ७०  सङ्क्रमितको उपचार भइरहेको छ ।


    images

    Logo