काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदमा विश्वासको कत नदिनु भीरबाट हाम फाल्नुसरह भएको भन्दै सांसदहरुलाई चेतावनी दिएका छन् । उनले आफूले संसदीय स्थिरताका लागि विश्वासको मत मागेको भन्दै विश्वासको मत नदिएर अस्थिरता निम्त्याउन आग्रह गरे ।
विश्वासको मत माग्दै गर्दा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ओलीले बोलाएको विशेष अधिवेशन आफैंमा शंकास्पद रहेको भन्दै फेरि अस्थिरतातर्फ जान खोजेको होइन भन्दै आशंका व्यक्त गरेका थिए ।