images
images

भारतमा सस्तो कल गर्न टेलिकमले परिमार्जन गर्‍यो महसुल र पल्सदर


  • 582
    SHARES
  • २०८१ पौष १६ गते मंगलबार

    भारतमा सस्तो कल गर्न टेलिकमले परिमार्जन गर्‍यो महसुल र पल्सदर

    काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्न एक्सेस कोड १४२४ को महसुल दर तथा पल्स दर परिमार्जन गरेको छ । टेलिकमकाअनुसार विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति पुस १५ गते राति १२:०० बजेदेखि लागू भएको एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ कायम गरिएको छ ।

    यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्सदर ६० सेकेण्ड निर्धारण गरिएको छ ।


    images

    Logo