images
images

दक्षिण कोरियाले निष्कासन गर्यो ९ जना नेपाली


  • 402
    SHARES
  • २०८१ पौष १७ गते बुधबार

    दक्षिण कोरियाले निष्कासन गर्यो ९ जना नेपाली

    काठमाडौं । नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ । त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो ।

    निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन् । उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) गरिएको हाे । भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको हाे । उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको थियाे ।

    इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ । आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन् ।


    images

    Logo