images
images

एकै वर्षमा ९४ लाखले गरे त्रिभुवन विमानस्थलबाट यात्रा, आन्तरिकबाट मात्रै ४४ लाख


  • 371
    SHARES
  • २०८१ पौष २३ गते मंगलबार

    एकै वर्षमा ९४ लाखले गरे त्रिभुवन विमानस्थलबाट यात्रा, आन्तरिकबाट मात्रै ४४ लाख

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२४ को एक वर्षमा ९४ लाख ३४ हजार यात्रुले यात्रा गरेका छन् । यो एक वर्षमा यात्रा गर्ने यात्रुमा हालसम्मै धेरै संख्या हो । 

    विमानस्थल कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्यामा पनि रेकर्ड भएको छ । विमानस्थल हुँदै सन् २०२४ मा ४९ लाख ६३ हजार ३ सय ६४ जना अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । यसअघि अन्तर्राष्ट्रियतर्फ सबैभन्दा धेरै सन् २०२३ मा ४५ लाख ४१ हजार एक सय ३७ जनाले हवाई यात्रा गरेका थिए।  

    यसैगरी सन् २०२४ मा ४४ लाख ६० हजार ३ सय ६१ जनाले आन्तरिक हवाई यात्रा गरेका छन् । आन्तरिक हवाई यात्रामा यात्रुको संख्यामा रेकर्ड भने २०२२ मा बनेको थियो । सन् २०२२ मा ४४ लाख ६६ हजार १ सय ५२ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको उडान अवतरण गर्ने अन्तर्राष्ट्रिय यात्रुको संख्या सन् २०२४ मा ४९ लाख ६३ हजार पुगेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को तुलनामा यात्रु आवागमनको संख्या ७ लाख ४२ हजारले बढेको छ । अघिल्लो वर्ष सन् २०२३ मा त्रिभुवन विमास्थल प्रयोग गर्ने यात्रुको संख्या ८६ लाख ४२ हजार थियो ।


    images

    Logo