images
images

सुबिसुले बुझायो ३१ करोड बक्यौता, पाँच वर्षका लागि लाइसेन्स नविकरण


  • 507
    SHARES
  • २०८१ पौष २६ गते शुक्रबार

    सुबिसुले बुझायो ३१ करोड बक्यौता, पाँच वर्षका लागि लाइसेन्स नविकरण

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सुविसु केवलनेटलाई नयाँ लाइसेन्स दिएको छ । सुविसुले करिब ३१ करोड बक्यौता बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । 

    सुबिसुको लाइसेन्स अवधि पाँच वर्षको रहेको छ । सुबिसुले रोयल्टी बापतको १७ करोड ४८ लाख र ग्रामीण दूरसञ्चार सेवा दस्तुरबापत १३ करोड ८९ लाख रुपैयाँ बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको । 


    images

    Logo