images
images

भक्तपुरमा ४ प्रतिशतले बढे पर्यटक, १४ करोड ८० लाख राजस्व संकलन


  • 375
    SHARES
  • २०८१ माघ ६ गते आइतबार

    भक्तपुरमा ४ प्रतिशतले बढे पर्यटक, १४ करोड ८० लाख राजस्व संकलन

    भक्तपुर । भक्तपुर घुम्न आउने पर्यटकको संख्या ४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को ६ महिनासँग तुलना गर्दा चालू आर्थिक वर्षमा भक्तपुर घुम्ने पर्यटकको संख्या ४.०१ प्रतिशतले वृद्धि भएको हो । 

    गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ लाख १४ हजार ७९२ जनाले भक्तपुर भ्रमण गरेका थिए । उक्त संख्या आर्थिक वर्ष २०८१/८२ को पुस २३ गते सम्ममा बढेर १ लाख १९ हजार ३९३ पुगेको हो । 

    चालु आर्थिक वर्षको पुस २३ गतेसम्ममा सार्क मुलुक र चीनबाट ५१ हजार ४२४ जना र सार्क बाहेकका मुलुकबाट ६७ हजार ९६९ जनाले भक्तपुर भ्रमण गरेका थिए । 

    २०८१ पुस २३ गतेसम्ममा गैरसार्क राष्ट्रका पर्यटकबाट १२ करोड २३ लाख र सार्क र चीनका पर्यटकबाट दुई करोड ५७ लाख गरी जम्मा १४ करोड ८० लाख रूपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ।

    आव २०८०/८१ को सोही अवधिमा गैरसार्क राष्ट्रका पर्यटकबाट १० करोड ७५ लाख र सार्क र चीनका पर्यटकहरूबाट दुई करोड ७५ लाख गरी जम्मा १३ करोड ५० लाख आम्दानी भएको थियो । यस अवधिमा एक करोड २९ लाख वृद्धि भएको नगरपालिकाको तथ्यांकले देखाएको छ ।

    भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटक (नेपालीबाहेक)सँग नगर प्रवेशमा प्रवेश शुल्क उठाउँदै आएको छ । नगर प्रवेश गर्ने झण्डै दुई दर्जन स्थानहरूमा काउन्टर राखेर नगरपालिकाले विदेशी पर्यटकहरूसँग प्रवेश शुल्क उठाउँदै आएको छ ।


    images

    Logo