images
images

‘काँग्रेस महाधिवेशमा श्रमिकबाट कम्तीमा १ हजार प्रतिनिधि ल्याउनुपर्छ’

मोरङबाट २५ जना ट्रेड युनियन नेताले गरे उम्मेदवारी घोषणा


  • 477
    SHARES
  • २०७८ कार्तिक २६ गते शुक्रबार

    ‘काँग्रेस महाधिवेशमा श्रमिकबाट कम्तीमा १ हजार प्रतिनिधि ल्याउनुपर्छ’

    विराटनगर । पार्टीमा श्रमिक नेताहरुको प्रतिनिधित्व बढाउन श्रमिक नेताहरु एकजुट भएका छन् । शुक्रबार विराटनगरमा भएको ‘१४ औं महाधिवेशनमा श्रमजीविहरुको भूमिका’ विषयक कार्यक्रममा मोरङ जिल्लाका २५ जना श्रमिक नेताले पार्टीको तीन तहको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 
    हाल ट्रेड यूनियन मोरङका अध्यक्ष रहेको सुशील कोइराला जिल्ला सचिवको आकांक्षी छन् । आफूसहित २५ जना श्रमिक नेताहरु विभिन्न पदका आकांक्षी रहेको अध्यक्ष कोइरालाको भनाइ छ । 

    कोइरालालाई सचिवको उम्मेदवारी घोषणा गर्न युनियनका प्रदेश १ संयोजक नारायणबाबु कार्कीले प्रस्ताव गरेका थिए भने नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयूसी) का केन्द्रीय अध्यक्ष पुस्कर कार्की र पुर्व अध्यक्ष लक्ष्मण बस्नेतले यसमा समर्थन गरेका थिए ।  

    कार्यक्रममा सार्क टुकका महासचिव समेत रहेका पूर्व अध्यक्ष बस्नेतले सामाजिक न्यायका लागि ट्रेड यूनियनले भूमिका खोजिरहेको अवस्थामा नीति निर्माण तहमा आफ्नै उपस्थिति हुँदा श्रमजीविको हक अधिकार सुनिश्चित रहनेमा जोड दिएका थिए । 

    त्यसैगरी, एनटीयूसीका अध्यक्ष आचार्यले पार्टीको नीति तथा योजना निर्माणको तहसम्म श्रमिकहरु ट्रेड यूनियनकर्मीप्रति पार्टीको दृष्टिकोण फरक पारेको बताए । 

    महासंघका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले पनि पार्टीले श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताए। उपाध्यक्ष राईले पार्टीको बैधानिक संरचनामा श्रमिकको भूमिका नदेखिएको हुदाँ अब आफ्नो हक अधिकार मागेर नभई संघर्षबाट लिनुपर्ने समय आएको धारणा राखे । काँग्रेसको १४ औं महाधिवेशनमा कम्तीमा एक हजार महाधिवेशन प्रतिनिधि श्रमिक फाँटबाट ल्याउन ल्याउनुपर्ने उनको भनाइ थियो ।


    images

    Logo