काठमाडौं । मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ । वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका नेपालीहरूले मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेपछि सरकारले निष्काशन गरेको हो ।
अध्यागमन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई मालिन्दो एयरलाइन्स र बाटिका एयरको जहाजबाट नेपाल पठाएको हाे । उनीहरू गत साता काठमाडौं आइपुगेका छन् ।
मलेसियाबाट निस्कासन हुनेहरुमा प्रकाश लिम्बु, डम्बर बहादुर बोहरा, रामदास केवत,सुरजदेव शाह तेली, रामबहादुर सुनुवार, राजेश शाह, अमित कुमार राम, गणेश परियार, मक्का लामा, दिपेन्द्र सुब्बा, भीम बहादुर तामाङ, अर्बिन कुमार यादव, करणकुमार मोचि, प्रदीप चोखाल, राजनकुमार शाही, चित्रबहादुर खत्री रहेका छन् ।
उनीहरु मलेसिया पुगेपनि कम्पनी फेर्ने, प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि समेत काम गर्ने लगायतका अध्यागमन कानुन उल्लंघन गरेपछि नेपाल फर्काइदिएको हो ।


