images
images

बाबुको पेशा जोगाइराख्न खुवासँगै घोटिइरहेको परिवार (भिडियो)


  • 580
    SHARES
  • २०८१ माघ १५ गते मंगलबार

    बाबुको पेशा जोगाइराख्न खुवासँगै घोटिइरहेको परिवार (भिडियो)

    भक्तपुर । देश नै विदेशिएर बाहिर गइरहेको यस्तो समयमा चाँगुनारायण नगरपालिकाको सुडाल भन्ने ठाउँमा एउटा यस्तो परिवार छ, जसले बाबु बाजेले सुरु गरेको पेशा जोगाउन निरन्तर खुवा घोट्दै आइरहेका छन् । ५४ वर्ष अघि बाबुले सुरु गरेको खुवा व्यवसाय छोरा बुहारीले धान्दै आएका छन् । यसपछि सायद नाति पुस्ताले यस पेशा जोगाइराख्नेछन् । 

    २०७२ सालको महाभूकम्प र कोरोनाको समयमा धरमराउँदै यतिन्जेल चलिरहेको खुवा व्यवसायलाई अर्को पुस्ताले निरन्तरता दिउन् भनेर छोरालाई विदेशिनबाट रोक्न पासपोर्ट नै लुकाइदिएको सञ्चालक राजु बानियाँ बताउँछन् । आफ्नै देशमा केही गर्नुपर्छ भनेर विभिन्न असहज परिस्थितिमासमेत व्यवसायलाई जोगाउँदै आएको उनी बताउँछन् । 

    हेरौं यस्तो परिवारको कथा, जो पुर्खाको व्यबसाय जोगाउन वर्षौँदेखि खटिरहेको छ । 


    images

    Logo