images
images

विराटनगरका पाँच फलाम उद्योग एकै पटक बन्द


  • 1.3K
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    विराटनगरका पाँच फलाम उद्योग एकै पटक बन्द

    विराटनगर । मेसिनमा फलाम अडाकिँदा काटान प्रयोग गरिने अक्सिजनको आपूर्ति बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका फलाम उद्योग बन्द गरिएका छन् । कोरोना सङाक्रमणसँगै औद्योगिक क्षेत्रमा हुने अक्सिजन आपूर्ति बन्द भएपछि त्यसको अवसर फलामे उद्योगमा परेको हो । 

    करिडोरका पशुपति आइरन, हुलास वायर, कमला रोलिङ, आरती स्ट्रिप्स, मैनावती स्टिल, प्रिमियर वायर, प्रिमियर स्टिल उद्योग बन्द गरिएका छना । आफ्नै अक्सिजन उद्योग भएको प्रिमियर स्टिल र प्रिमियर वायर पनि बन्द गरिएको छ ।

    प्रिमियरका सञ्चालक एवं पूर्वसंविधान सभा सदस्य पवनकुमार शारडाले औद्योगिक क्षेत्रमा रहेका अक्सिजनका सिलिन्डर मेडिकल प्रयोग प्रयोजानार्थ फिर्ता गरिएसँगै फलाम उद्योगबाट हुने उत्पादन बन्द गरिएको जानकारी दिए । 

    “सरकारको निर्णय कार्यान्वयनबाहेक अर्को विकल्प हामीसँग पनि छैन,” उद्योगी शारडाले भने, “मेरो आफ्नै स्वामित्वको विनायक अक्सिजन उद्योगले उत्पादन गर्ने अक्सिजन मैले फलाम उत्पादनका लागि प्रयोग गरेको छैन ।” प्रिमियर स्टिल उद्योगले दैनिक आठ सय मेट्रिक टन क्षमता राख्दछ ।
    निर्माणमा प्रयोग हुने फलामका कुनै पनि सामान उत्पादन गर्न रोकिएको शारडाले बताए । प्रिमियरकै उत्पादन वायरमा भने अक्सिजनको भूमिका कम हुने भएकाले सञ्चालनमा रहेको उनले बताए । 

    पशुपति आइरनका सञ्चालक अशोक मुरारकाका अनुसार फलामे उद्योग एक मिनेट पनि अक्सिजनबिना सञ्चालन हुन नसक्ने बताए । ‘प्रोडक्ट’ मेसिनमा अडाकियो भने त्यसलाई काटान अक्सिजन नै चाहिन्छ, उद्योगी मुरारकाले भने, “उत्पादनका अन्य प्रक्रियामा पनि फलामे उद्योगलाई अक्सिजन अनिवार्यजस्तै हुन्छ ।”

    गत हप्तादेखि सरकारले देशभरिका औद्योगिक क्षेत्रमा प्रयोग हुने अक्सिजन सिलिन्डर फिर्ता गर्न निर्देशन गरेको थियो । अक्सिजन उद्योगहरूले समेत अहिले औद्योगिक प्रयोजनका लागि खपत हुने सिलिन्डर रिफिल गरेर पठाउन छोडिसकेको विनायक अक्सिजन उद्योगका सञ्चालक अमित शारडाले बताउनुभयो । विनायक अक्सिजनका सञ्चालक शारडाका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित चारवटा अक्सिजन उद्योगले उत्पादन गर्ने अक्सिजन सिलिन्डरको २५ प्रतिशत औद्योगिक प्रतिष्ठानमा खपत हुँदै आएको थियो । ती सिलिन्डर अहिले मेडिकल प्रयोग प्रयोजनार्थ मात्रै पठाउने गरिएको छ । गोरखापत्रबाट


    images

    Logo