images
images

विश्व मधुमेह दिवस

यी ५ कारण जसले बढाउँछ डायबिटिज


  • 594
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    यी ५ कारण जसले बढाउँछ डायबिटिज

    काठमाडौं । खानपान तथा गलत शारीरिक अभ्यासका कारण विश्वभर डायबिटिज अर्थात् मधुमेह रोगीको संख्या बढ्दै गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ४२ करोड जनसंख्यामा चिनिरोग भनेर चिनिने सो रोग देखिएको छ । अहिले पौढ जनसंख्याका झन्डै ८ प्रतिशतमा यो रोग देखिने गरेको छ । मधुमेहका कारण मानिसको आयु औसत १३ वर्ष घट्ने गरेको अनुसन्धानले देखाएको छ । 

    मधुमेह मुटुरोगको मुख्य कारण पनि हो । अहिले नेपालमा हृदयघात भएका झन्डै ४० प्रतिशत व्यक्तिमा मधुमेह रोग देखिएको छ । यसले मुटुमात्रै नभएर मृगौला, आँखा लगायतमा समेत असर गर्छ । मधुमेहकै कारण आँखाका रोगी तथा मिर्गौला फेल हुने घटना समेत बढेर गएको छ । 

    किन बढ्छ मधुमेह ?

    विश्व स्वास्थ्य संगठनले मधुमेह रोग बढ्नुको विभिन्न कारण मानेको छ । जसमा मानिसको खानपान, चालचलन तथा कपडा लगाउने तरिकासम्म मुख्य कारण रहेको देखिएको छ । डब्ल्युटीओका अनुसार देहाय कारणले मधुमेह रोग अझै बढाउन सहयोग गर्छ ।

    १. उच्च कार्बोहाइडेडयुक्त खाना खानु
    २. दिनभरी बसिरहनु
    ३. रातको अबेरसम्म काम गर्नु
    ४. तनाव लिनु
    ५. बिहान समयमा खाजा नखानु
    ६. बेलुका ढिला खाना खानु

    कसरी थाहा पाउने मधुमेहको लक्षण ? 

    १. थकानको महसुस 
    २. घाउहरु ढिलो निको हुनु
    ३. आँखा कमजोर हुनु
    ४. बारम्बार तिर्खा लाग्नु 
    ५. बारम्बार पिसाब लाग्नु
    ६. शरिरको तौल असामान्य बढ्नु वा घट्नु

     


    images

    Logo