काठमाडौं । कार्यकारी अध्यक्ष नियुक्ति गरेपछि भूमिकाबिहीन भएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल अन्ततः मन्त्रालय तानिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पौडेललाई मन्त्रालयमा वित्त विज्ञको रुपमा पदस्थापन गरेका हुन् ।
पौडेलले आइतबार मन्त्रालय मन्त्रालय तानिएको पत्र बुझेका छन् । मन्त्रालयमा तानिए पनि उनी नेपाल एयरलाइन्समा सञ्चालक समिति सदस्यको हैसियतमा भने रही रहनेछन् ।
सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेसँगै पौडेल अधिकारविहीन बनेका थिए । एक वर्षअघि तात्कालिन कार्यकारी अध्यक्ष मदन खरेललाई बर्खास्त गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई महाप्रबन्धकको कार्यकारी जिम्मेवारी दिएको थियो ।