images
images

अक्षय तृतीयाको दिन प्रधानमन्त्रीका रुपमा ओलीको शपथ !


  • 407
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    अक्षय तृतीयाको दिन प्रधानमन्त्रीका रुपमा ओलीको शपथ !

    काठमाडौं । विश्वासको मत प्राप्त हुन नसकेसँगै स्वतः पदमुक्त भई कामचलाउ भइसकेका प्रधामन्त्री केपी शर्मा ओली ३ दिनपछि फेरि प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । संविधानको धारा ७६(३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीले बैशाख ३१ गते पुनः शपथ ग्रहण गर्ने सम्भावना देखिएको हो । 

    ओलीले अविश्वासको मत प्राप्त गरेसँगै संविधानको धारा ७६ (२) अनुसार यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको आह्वान गरेकी छिन् । तर, सरकार गठनका लागि ओली बाहेकका कसैले बहुमत दाबी गर्नसक्ने अवस्था छैन । 

    अहिले प्रतिनिधिसभामा काँग्रेससँग ६१ जना, माओवादीसँग ४८ जना सांसद छन् । हाल कायम रहेको २ सय ७१ जना सांसदको बहुमत जुटाउन १३६ जना सांसद आवश्यक पर्ने अवस्थामा थप २८ जना सांसद अपुग हुन्छ । यस्तो अवस्थामा जसपाको समर्थन आवश्यक हुन्छ । 

    जसपासँग हाल ३२ जना सांसद रहेकोमा २ जना निलम्बित छन् भने ३० जना क्रियाशील छन् । जसपाले पूर्ण समर्थन गरेको अवस्थामा मात्रै नयाँ सरकार गठन हुनसक्न अवस्था हुन्छ र तर,  तर, जसपामा अध्यक्ष महन्त ठाकुुर पक्षले नयाँ गठबन्धनलाई साथ नदिने घोषणा गरिसकेको छ । यसो हुँदा काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धनको सरकार नबन्ने निश्चित भइसकेको छ । 

    बैशाख ३० गते राती ९ बजेसम्म देउवाले बहुमत सदस्यको समर्थनसहित राष्ट्रपतिसमक्ष दाबी पेश नगर्ने हो भने राष्ट्रपतिले धारा ७६(३) अनुसार ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् । अहिले संसदमा ठूलो दल नेकपा एमाले रहेको छ । र, सो दलको संसदीय दलको नेता केपी शर्मा ओली भएका कारण उनले नै पुनः नयाँ कार्यकालका लागि ३१ गते शपथ लिनेछन् । ३१ गते तिथिले अक्षय तृतीया हो । 

    यद्यपि उनले  नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ । तर, विश्वासको मत नपाएको अवस्थामा ओलीकै नेतृत्वमा देश निर्वाचनमा जान्छ । 


    images

    Logo