काठमाडौं । झट्ट हेर्दा कुनै विकसित मुलकको अपार्टमेन्टजस्तै विशाल र भव्य देखिने यो विजनेश कम्प्लेक्स् दमक बजारबाट करिब ७ किलोमिटर उत्तरपश्चिममा रहेको छ । यसको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असार २७ मा गरेका थिए । स्थानीयबासीले आफ्नो क्षेत्रको जग्गाको भाऊ बढाउन दिएको ५ बिघा जमिनमा यो सपिङ कम्प्लेक्स् बनाउन चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम जेभीले पाँचै बर्ष लगाएका थिए । उनै ओलीले २०८१ साल मंसिर २३ गते उक्त सपिङ कम्प्लेक्सको उद्घाटना गरेका थिए ।
२०७६ सालमा १ अर्ब ३८ करोड रुपैयाँमा सक्ने गरी ठेक्का लगाएको यो कम्प्लेक्स्को लागत निर्माण कार्य सम्पन्न हुनेबेला सम्ममा बढेर भ्याटबाहेक नै १ अर्ब ४५ करोड रुपैयाँ पुगेको थियो । साँढे २ वर्षको समयमा अर्को साँढे २ वर्ष थपेर करिब ५ वर्षमा निर्माण सम्पन्न भएको ५ विगाहा क्षेत्रफलमा फैलिएको यो १८ तल्ले कम्प्लेक्स् अहिले प्रयोगविहीन भएर थन्किएको छ । भावी दिनमा यस कम्प्लेक्स्को प्रयोग कसरी हुन्छ त ? हामीले दमक नगरपालिकाका प्रमुख राम थापासँग जिज्ञासा राखेका थियौं ।
हेर्नुस् भिडियोमा


