images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा हेलिकोप्टर कम्पनीलाई   निर्देशन


  • 539
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा हेलिकोप्टर कम्पनीलाई   निर्देशन

    काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ । 

    यस्तै, उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण  गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ ।

    निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको देहायका पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको छ । 

     सम्पर्क व्यक्ति स् ज्ञानेन्द्र भुल, 
     उपप्रबन्धक, उडान  अनुमति शाख सम्पर्क नं स् ९८५११३५०९१ ।

    यसैबीच, हवाई सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले पनि छुट्टै विज्ञप्ति जारी गर्दै कोभिडका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ ।

    सङ्घले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १५०० प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर एक हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आइरहेको र हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको सङ्घले जनाएको छ । 

    यदि कहीँ कतै बढी रकम लिएको र गलत गरेको लागेमा यस सङ्घ र क्यानमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराई दिनसमेत सबैमा अनुरोध गरेको छ ।

     कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नं १। अल्टिच्युड एयर प्रालि ९९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००० 
     २। हेली एभरेष्ट प्रालि ९९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६० 
     ३। कैलाश हेलिकोप्टर प्रालि ९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१
     ४। मनाङ एयर प्रालि ९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६ 
     ५। श्री एयरलाइन्स प्रालि ९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५ 
     ६। सिम्रिक एयर प्रालि ९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४० गुनासो तथा अन्य जानकारीका लागि सम्पर्क व्यक्ति सङ्घका प्रवक्ता योगराज कँडेल शर्मा सम्पर्क नं ९८५१०२९३३३ तोकिएको पनि कम्पनीले जनाएको छ ।


    images

    Logo