काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले एकैपटक २ सय ७० कर्मचारी मागेको छ । जुनियर टेक्निसियनदेखि उप प्रबन्धक तहसम्म गरी टेलिकमले सो संख्यामा कर्मचारीको पदपूर्ति गर्न लागेको हो ।
जुनियर टेक्निसियन सहायक स्तरको पद हो भने उपप्रबन्धक नवौं तहको पद हो । यी तहहरुमा टेलिकम, लेखा, प्रशासन विधाका कर्मचारीहरुको माग गरिएको छ । सबैभन्दा बढी कर्मचारी भने प्राविधिकतर्फ माग गरिएको छ ।
सो पदमा आवेदनका लागि मंसिर २३ गतेसम्मको समय दिइएको छ । दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिन्छ ।