images
images

वैदेशिक अध्ययनमा ६४ अर्ब १५ करोड खर्च


  • 540
    SHARES
  • २०८१ फाल्गुण २७ गते मंगलबार

    वैदेशिक अध्ययनमा ६४ अर्ब १५ करोड खर्च
    काठमाडौँ, । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशीने बिद्यार्थीसंगै ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विदेशीने बिद्यार्थीसंगै ६४ अर्ब १५ करोड रुपैया विदेशिएको छ ।
     
     बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विदेश अध्ययनका लागि जाने विद्यार्थीले लगेको रकम ६६ अर्ब ६४ करोड थियो । राष्ट्र बैंकका अनुसार चालुवर्षका सात महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई  एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय  सबैभन्दा बढी ६४ अर्ब १५ करोड हो ।
     
    सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात  प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड थियो ।


    images

    Logo