images
images

पाँच करोडको लागतमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु


  • 508
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    पाँच करोडको लागतमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु

    हेटौडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ ।

    प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७र७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो ।

    यस वर्षदेखि भवन निमार्ण शुरु गरिएको भए पनि रु पाँच करोड ६० लाखको लागतमा पाँचतले भवन निमार्ण गरिने योजना छ ।

    बाँकी रकम आगामी वर्ष पनि बजेट थप गरेर निमार्ण सम्पन्न गरिने बताइएको छ ।

    आम नागरिकको सुरक्षा गर्ने प्रहरीलाई भाडाको घरमा राख्न हुन्न भनेर नगर विकासको नाममा रहेको जग्गा सहयोग गरेर मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण शुरु भएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए । 


    images

    Logo