काठमाडौं । बेलायतले १० हजार नेपाली नर्सलाई भिसा दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले बेलायतले १० हजार नेपवाली नर्स लिन सहमति जनाएको बताएका हुन् ।
वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतको माग अनुसा नर्स पठाउने प्रकृया थालिएको बताए । मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पनि नर्स पठाउन बेलायतसँग सम्झौता गर्न लागिएको जानकारी दिए ।
नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो । सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको सचिव गौतमले बताएका छन् । यो सम्झौता मियमै भए अबको ६ महिनाभित्र नेपालीहरु बेलायत जान पाउनेछन् ।
अहिले नेपालमा ६० हजार नर्स अध्ययन सकेर सेवाका लागि तयारीमा छन् । बेलायतले अनुभवी नर्सहरुलाई लिन चाहेको छ । उनीहरुको तलब साढे २ लाख भन्दा बढी हुनेछ । मन्त्रालयले रोजगारी सुनिश्चितता, स्वास्थ्यररोजगार र अन्य बीमा, पारिवारिक सुविधा, नेपाल आउनेरजाने खर्च र तलब एकीन गरी बेलायत जान लाग्ने खर्च पनि बेलायतस्थित रोजगारदाता कम्पनीले नै ब्यहोर्नेगरी सम्झौता हुने मन्त्रालयले जनाएको छ ।


