images
images

नेपालको ऋण १५ खर्ब १८ अर्ब, प्रतिव्यक्ति ५० हजार रुपैयाँ नाघ्यो


  • 834
    SHARES
  • २०७७ चैत्र २८ गते शनिबार

    नेपालको ऋण १५ खर्ब १८ अर्ब, प्रतिव्यक्ति ५० हजार रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपालको वैदेशिक ऋण १५ खर्बभन्दा माथि पुगेको छ । पछिल्लो ८ महिनामा सरकारले लिएको एक खर्ब ९२ अर्ब रुपैयाँ र भुक्तानी गरेको करिब २० अर्ब रुपैयाँलाई समायोजन गर्दा कुल लगानी १५ खर्ब भन्दा माथि पुगेको हो । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार फागुन मसान्तसम्म यस्तो ऋण १५ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म यस्तो ऋण करिब १३ खर्ब ४७ अर्ब रुपैयाँ थियो ।

    पछिल्लो वर्षको फागुनसम्म नेपालले लिएको ऋणमध्ये आन्तरिकतर्फ १ खर्ब १२ अर्ब रुपैयाँ र वैदेशिकतर्फ ७९ अर्ब ९० करोड छ । यो अवधिमा नेपालले २० अर्ब २७ करोड रुपैयाँ मात्र ऋण तिरेको छ ।

    ऋण बढेसँगै नेपालीको प्रतिव्यक्ति ऋण भार ५० हजार रुपैयाँ नाघेको छ । सरकारले यो वर्ष आन्तरिक ऋणतर्फ २ खर्ब २५ अर्ब उठाउने लक्ष्य राखेकोमा ८ महिनाको अवधिमा लक्ष्यको ४९ प्रतिशत ऋण उठाएको छ ।

    चालु आर्थिक वर्षमा सरकारले करिब साढे १९ अर्ब रुपैयाँ  ऋणको ब्याज तिरेको छ । आन्तरिक ऋणमा १५ अर्ब ८ करोड र बाह्य ऋणमा ३ अर्ब ३४ करोड रुपैयाँ ब्याज तिरेको हो ।  ऋण भुक्तानीतर्फ यो अवधिमा ८ अर्ब २२ करोड रुपैयाँ आन्तरिक र १२ अर्ब ५ करोड रुपैयाँ विदेशी ऋण चुुक्ता गरिएको छ ।


    images

    Logo