images
images

५० आयोजनामध्ये १५ वटा खानेपानी आयोजनाहरु सम्पन्न


  • 441
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    ५० आयोजनामध्ये १५ वटा खानेपानी आयोजनाहरु सम्पन्न

    लमजुङ ।  बेँसीशहर नगरपालिका­८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालयद्वारा सञ्चालन गरिएका ५० आयोजनामध्ये १५ वटाको काम सकिएको छ । 

    प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन भएका ५० वटा योजनाका लागि रु ११ करोड ६० लाख ५० हजार बजेट रहेको छ ।

    कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालका अनुसार सम्पन्न भएका आयोजनामा रु २४ लाख लागतको दोर्दी गाउँपालिका­२ को अर्चलबोट खानेपानी आयोजना, रु ३५ लाख बजेटमा क्व्होलासोंथर गाउँपालिका­७ भोजेको भोजे खानेपानी आयोजना सम्पन्न भएको छ ।

    त्यस्तै रु १२ लाख लागतको मध्यनेपाल नगरपालिका­८ को कल्याणबेँसी खानेपानी योजना, रु १६ लाख लागतको बाग्रबेँसी चनौटेटोल खानेपानी योजना, मस्र्याङदी गाउँपालिका वडा नं। १ र २ को घनापोखरा खानेपानी आयोजना रु १२ लाखमा सम्पन्न भएको छ ।
     
    त्यस्तै दोर्दी गाउँपालिका­८ वनसार खानेपानी आयोजना रु ३७ लाख, राइनास नगरपालिको राइनास बृहत खानेपानी आयोजना रु ३२ लाख ५० हजार, बेँसीशहर नगरपालिका­४ को हिले खानेपानी आयोजना, चरागाउँ खानेपानी आयोजनाको काम सकिएको छ ।

    मस्र्याङदी गाउँपालिका­४ को मिप्रा स्याँगे खानेपानी आयोजना १२ लाख रुपैयाँमा काम सकिएको छ ।

    त्यस्तै, क्व्होलासोंथर गाउँपालिका­६ को पसगाउँ खानेपानी आयोजना रु ३७ लाख, बेँसीशहर नगरपालिका­२ मा १२ लाखमा असिमुरे खानेपानी आयोजना, रु १२ लाख रुपैयाँमा सुन्दरबजार नगरपालिका­५ खरिभञ्ज्याङ खानेपानी आयोजना, रु ३६ लाखमा मध्यनेपाल नगरपालिका­३ को सूर्यपाल एक घर एक धारा खानेपानी आयोजना र सुन्दरबजार नगरपालिका­८ को बलिथुम खानेपानी आयोजना सम्पन्न भएको कार्यालयले जनाएको छ । 

    बाँकी अन्य निर्माणाधीन आयोजनाहरु समेत अन्तिम अन्तिम चरणमा पुगेको एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालले बताए।

    उनका अनुसार सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाहरु सशर्त अनुदानका २५ योजनामध्ये नौ  आयोजनासमेत सम्पन्न भइसकेको छ । बाँकी आयोजनाहरुको काम तीव्रगतिमा अघि बढिरहेको बताइएको छ । 


    images

    Logo