images
images

पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु, हिमालयको जहाज अवतरण


  • 605
    SHARES
  • २०८१ चैत्र १८ गते सोमबार

    पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु, हिमालयको जहाज अवतरण

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । सोमबारदेखि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित उडान सुरु गरेको हो ।

    सोमबार ल्हासाबाट १०७ यात्रु लिएर आएको हिमालयकको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।

    ल्हासाबाट आएको जहाज र यात्रुलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरेका थिए ।

    आज आएको जहाज अब भोलि पोखराबाटै ल्हासा उड्ने विमानस्थल कार्यालयले जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न हिमालयले अब पोखरा-ल्हासा रुटमा नियमित साताको एक उडान गर्नेछ । 

    संचालनमा आएको २ वर्ष बिते पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन थिएन । यसअघि चार्टर उडान मात्रै हुँदै आएका थिए । हाल सिचुवान एयरलाइन्सले नियमित चार्टर्ड उडान गरिरहेको छ ।


    images

    Logo