images
images

मार्चमा १ लाख २१ हजार बढी  विदेशी पर्यटक नेपाल भित्रिए


  • 479
    SHARES
  • २०८१ चैत्र २० गते बुधबार

    मार्चमा १ लाख २१ हजार बढी  विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौं । सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक नेपाल आएका छन्। सन् २०२४ को मार्चको तुलनामा यसपालि पर्यटक आगमनको संख्या कम देखिएको छ। अघिल्लो वर्ष मार्च महिनामा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

    नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतबाट सबैभन्दा धेरै २१ हजार ४ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका हुन्।

    त्यस्तै, चीनबाट ११ हजार ४ सय ४३ पर्यटक नेपाल भ्रमणमा आएका छन्। यसैगरी, अमेरिकाबाट ११ हजार ९२ र श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

    त्यस्तै, यस अवधिमा थाइल्याण्डबाट ४ हजार ९ सय ८६ जना आउँदा बेलायतबाट ५ हजार ९ सय ९५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, बंगलादेशबाट ३ हजार ५ सय ७६ जना पर्यटक नेपाल आउँदा श्रीलंकाबाट ८ हजार ८ सय ८६ र अष्ट्रेलियाबाट ४ हजार २ सय २८ जना पर्यटक आएका छन् ।

    यस महिना म्यानमारबाट ३ हजार ७ सय ५४ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।


    images

    Logo