काठमाडौं । चितवन जिल्लाको माडी नगरपालिका–९, अयोध्यापुरी भन्ने सानो बस्ती...
यहीं राम जन्मेका थिए भन्ने विश्वास राख्नेहरूको संख्या बढ्दो छ ।
तर प्रश्न उठ्छ – के प्रमाणका आधारमा अयोध्यापुरीलाई राम जन्मभूमी भनिएको हो त ?
अयोध्यापुरी वरपर रामायणसँग मेल खाने थुप्रै नाम छन् । जस्तो, रामपुर, रामनगर, सीतापुर, सीतागुफा, लक्ष्मणपुर र वाल्मीकि आश्रम – जुन अहिले चितवन जिल्लाको आसपासमा नै पर्दछ । यिनै क्षेत्रहरूमा राम–सीता वनवास गए भन्ने आधार पनि भेटिन्छ । के यी सबै ऐतिहासिक तथ्यहरु संयोग मात्र होला त ?