काठमाडौं । सरकारले चीनबाट ४ सयवटा अक्सिजन सिलिन्डर ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजले मंगलबार बेइजिङबाट सिलिन्डर नेपाल ल्याएको हो । कोरोना भाइरसका कारण देशभर अक्सिजनको हाहाकार भएपनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो । चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर सहयोग गर्ने भनेको थियो ।
‘हिजो राती ११ः३० बजे नेपाल वायुसेवा निगमको वाईड बडी ए३३० विमान चीनको राजधानी बेइजिङ गएर २० हजार थानमध्ये हाल तयार भएका ४ सय थान अक्सिजन सिलिन्डर, १६० अक्सिजन कन्सर्नट्रेटर, १० थान भेन्टिलेटर ल्याएको हो । नेपाल एयरलाइन्सको जहाज केही समय अघि त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।


