images
images

चेन्नईलाई पाखा लगाउँदै बेंगलुरु आईपिएलको शीर्ष स्थानमा


  • 372
    SHARES
  • २०८२ बैशाख २१ गते आइतबार

    चेन्नईलाई पाखा लगाउँदै बेंगलुरु आईपिएलको शीर्ष स्थानमा

    काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु चेन्नई सुपर किंग्सलाई हराउँदै आईपीएलको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा शनिबारराती सम्पन्न खेलमा चेन्नईलाई २ रनले पराजित गर्दै बेंगलुरु शिर्ष स्थानमा उक्लेको हो । 

    २१४ रनको लक्ष्य पाएको चेन्नईले ५ विकेटको क्षतिमा २११ रन मात्र बनाउँन सक्यो । चेन्नईलाई जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो । क्रिजमा थिए, कप्तान महेन्द्रसिंह धोनी र रवीन्द्र जडेजा । जडेजाले पहिलो दुई बलमा १–१ रन जोडे । तेस्रो बलमा यश दयालले धोनीलाई एलबीडब्लु आउट गरेपछि आएका शिवम दुबेले चौथो बलमा छक्का प्रहार गरे, जुन नो बल पनि थियो ।

     ३ बलमा ६ रन बनाउनुपर्ने आवश्यकता चेन्नईलाई थियो । साथमा फ्री हिट थियो । तर दुबेले फ्री हिटमा १ रनमात्र बनाउन सके । त्यसपछिको २ बलमा जडेजा र दुबेले १–१ रनमात्र बनाएपछि २ सय १४ रनको लक्ष्य पाएको चेन्नईले ५ विकेट गुमाई २ सय ११ रनमात्र बनाउन सक्यो ।

    टस हारेर पहिले ब्याटि गरेको बेंगलुरुले पाँच विकेटको क्षतिमा २१३ रनको सम्मानीत स्कोर बनाएको थियो । बेंगलुरुका ओपनरद्धय बिराट कोहली र जेकव वेथेलले ५९ वलमा ९७ रन बनाएका थिए । कोहलीले पाँच चौका र समान छक्कासहित ३३ बलमा ६२ रन बनाएका थिए । 

    चेन्नईका आयुु मन्थ्रेले ४८ बलमा ९४ रन बनाए । त्यस्तै रबिन्द्र जडेजाले ४५ बलमा ७७ रन बनाएपनि टिमलाई जित दिलाउँन सकेनन् । नाटकीय विजय हात पार्दै आरसीबीले क्वालिफायर १ मा आफ्नो दावेदारि प्रस्तुत गरेको छ । आरसीबीले ११ खेलमा १६ अंक जोडेको छ ।

    मुम्बई इन्डियन्स र गुजरात टाइटन्स समान १४ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । १० टोली प्रतिस्पर्धी आइपीएलको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् भने त्यसका शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछन् । ४ अंकसहित पुछारको चेन्नई यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । 

     




    images

    Logo