images
images

बैतडीको एक घरमा विद्युत् सर्ट भएर आगलागी, १३ लाखको क्षति


  • 479
    SHARES
  • २०८२ बैशाख २२ गते सोमबार

    बैतडीको एक घरमा विद्युत् सर्ट भएर  आगलागी, १३ लाखको क्षति

    बैतडी । विद्युत् सर्ट भएर बैतडीमा आज बिहान एक घरमा आगलागी भएको छ ।

    जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । आज बिहान ८ः३० बजेतिर विद्युत् सर्ट भएर भट्टको घरमा आगलागी भएको हो । आगलागीबाट घरको दोस्रो तलामा क्षति पुग्नुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएका भएका छन् ।

    प्रहरी चौकी गुरुखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


    images

    Logo