images
images

तीन दिन वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने


  • 867
    SHARES
  • २०८२ जेठ ५ गते सोमबार

    तीन दिन वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने

    काठमाडौँ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भवना रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चटयाङ परिरहेको जनाएको छ । 

    माहाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिए । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको अधिकारीको भनाई छ । 

    महाशाखाले जुनसुकै समयमा पनि वर्षा हुन सक्ने जनाउँदै प्रि–मनसुनको समयमा खासगरी साँझको समयमा चट्याङसहितको वर्षा हुने जनाएको छ । आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

     देशका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।


    images

    Logo