images
images

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द, काठमाडौं–दिल्ली उडान भने हुने  


  • 1.3K
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द, काठमाडौं–दिल्ली उडान भने हुने  

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको समय थप गरेको छ ।  प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को राति १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय  गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 

    यो अवधिमा पनि काठमाडौं र नयाँ दिल्लीबीच हप्ताको दुई पटक गर्ने भनिएको उडान भने कायम नै रहने उनले बताए । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्ने गरी निर्णय यस अघि नै भएको छ । 

     


    images

    Logo