images
images

पुस्तक प्रेमीको लागि “इन्फी किताब कार्निवल”, पुस्तकहरुमा ८ सय ५ सम्मको छुट !


  • 475
    SHARES
  • २०७८ मंसिर १५ गते बुधबार

    पुस्तक प्रेमीको लागि “इन्फी किताब कार्निवल”, पुस्तकहरुमा ८ सय ५ सम्मको छुट !

    काठमाडौं ।  विश्वमा सबैभन्दा धेरै समय पढ्ने मानिसहरूको रुपमा चिनिने छिमेकी राष्ट्र भारतका जनता हरेक औसत हप्ताको १० घण्टा ४२ मिनेट पढाईमा बिताउछन् । 

    नेपालको परिवेशमा भने विगतमा किताब पढेर समय बिताउने बानी अहिले फेसबुक, इन्स्टाग्राम, टिकटक र पब्जीले प्रतिस्थापन गर्दै गइरहेको छ । हिजो आज सबै उमेरका मनिसहरु मोबाइल फोनको लतमा फसेका छन् यसले गर्दा आम समुदायको किताब प्रतिको रुची पछिल्लो समयमा घटिरहेको छ ।  

    नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले दोश्रो पटक अझै भव्य रुपमा “इन्फी किताब कार्निवल २०७८” आयोजना गर्न लागिएको छ। पठन संस्कृतिको मर्मलाई मध्यनजर गर्दै नेपाली अनलाइन किनमेल साइट इन्फी स्टोरले ूइन्फी किताब कार्निवल २०७८ अभियान मङ्सिरको १५ गते देखी सुरु भएको छ ।  

    यस अभियानद्वारा पढ्ने बानीको महत्वलाई प्रचारप्रसार गर्ने तथा प्रत्येक पाठकलाई आफ्नो पठन यात्रा सुरु गर्न प्रोत्साहन गरिने कम्पनीले बताएको छ । यो उपलक्ष्यमा इन्फीले एक लाख भन्दा बढी किताबहरु सुपथ मूल्य सहित ८० प्रतिशत छुट सम्म उपलब्ध गराउने बताइएको छ ।

    इन्फी स्टोरले सबै प्रकारका पुस्तक सबैको पहुँचमा पुर्‍याउने आयोजना गरेको यो अभियान मंसिर १५ गते देखि १४ दिन सम्म चल्नेछ । सुपथ मूल्य र ८० प्रतिशत सम्मको छुटसँगै ग्राहकले हरेक दिन विभिन्न उपहार पनि जित्ने मौका पाउनेछन् ।

    त्यसैगरी किताब खरिद गर्दा प्रभु पे, खल्ती र सनराइज बैकंको कार्ड प्रयोग गर्दा ग्राहकहरुले क्यासब्याक पनि प्राप्त गर्नेछन् । हाम्रो पहिलो किताब कार्निवल २०७७ को सफलता पश्चात हाम्रा ग्राहकहरूबाट आएको समर्थन र मायाले हामीलाई यो दोस्रो अभियानको लागि पनि प्रेरित गरेको छ । यसपालीको किताब कार्निवलको लागि हामी धेरै उत्साहित छौंू कम्पनीले बताएको छ ।

    के हो इन्फी स्टोरः
    “इन्फी स्टोर” २०७७ सालको कोभिड(१९ लक्डाउनको समयदेखि हजारौं ग्राहकहरुलाई दैनिक जीवनमा आवश्यक सामानहरु घरघरमा पुर्याउने सेवा गर्ने नेपाली युवा उद्यमीहरूद्वारा संचालित कम्पनी हो । नेपालकै सबै भन्दा ठुलो अनलाईन किताबलय इन्फी स्टोरले अहिलेसम्मको  सुपथ मूल्यमा छिटोछरितो डेलिभरी र उत्कृष्ट ग्राहक सेवा प्रदान गरि छोटो समयमा आम जनसमुदायबिच लोकप्रियता हासिल गर्न सफल भएको छ।

     आज एक गुणस्तरीय अनलाइन किनमेल साइटको रुपमा परिचित इन्फी स्टोरले विभिन्न स्थानिय व्यापारहरूप्रति पहुँच बढाउदै र सो समानहरुलाई ठाउँठाउँमा पुर्याउदै स्थानीय अर्थव्यवस्थालाई समेत फास्टाउन मद्दत गर्न  सफल भएको छ।


    images

    Logo