images
images

मौलाकालिका अस्पतालमा पीआईसीयू सेवा सुरु


  • 398
    SHARES
  • २०७८ मंसिर १७ गते शुक्रबार

    मौलाकालिका अस्पतालमा पीआईसीयू सेवा सुरु

    चितवन । जिल्लामा सञ्चालनमा रहेको मौलाकालिका अस्पतालले आजदेखि ८ बर्षका शिशु तथा बालरोग सघन कक्ष (पीआईसीयू) सञ्चालनमा ल्याएको छ । कक्षको वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदीले पीआईसीयू सेवाको शुभारम्भ गर्दै अस्पतालका सेवा प्रतिस्पर्धी नभई सहयोगी बन्नुपर्नेमा जोड दिएका छन् । अस्पतालका प्रबन्ध निर्देशक डा केशराज भुर्तेलले यस अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने जानकारी दिएका छन् ।

    अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले अस्पतालले १ सय शय्या क्षमताको अत्याधुनिक भवन निर्माण गरी उच्चस्तरको सेवा दिने तयारीमा रहेको जानकारी दिए । अस्पतालका बालरोग विशेषज्ञ डा स्वेताकुमारी गुप्ताले जिल्लामा आवश्यकताअनुसारको पीआईसीयू नहुँदा बिरामीले सेवा पाउन नसकेको जनाउँदै यस अस्पतालले सेवा सुरु गरेसँगै थप बिरामी लाभान्वित हुने बताए ।

    सो सेवा अन्तर्गत एक महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई उपचार गरिन्छ । जिल्लाका दुई मेडिकल कलेज र निको बाल अस्पतालबाहेक अन्यत्र यो सेवा नहुँदा बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् । सरकारी अस्पतालमा समेत यो सेवा सुरुवात हुन सकेको छैन ।

    मौलाकालिकाले जन्मिएदेखि एक महिनासम्मका बालबालिकालाई उपचार गर्ने १० शय्याको बाल सघन उपचार कक्ष, छ शय्यको सघन उपचार कक्षसमेत सञ्चालन गर्दै आएको छ । अस्पतालमा प्रसूति, हाडजोर्नी, सर्जिकल, मनोरोग, युरोलोजी, मेडिसिन, रेडियोलोजी लगायतका सेवा उपलब्ध रहेको जनाइएको छ ।


    images

    Logo