images
images

नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता ३६ प्रतिशत मात्रै


  • 519
    SHARES
  • २०८२ श्रावण ८ गते बिहीबार

    नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता ३६ प्रतिशत मात्रै

    काठमाडौं । नेपालमा डिजिटल कारोबार गर्ने पुरुषको संख्या महिलाको तुलनामा उल्लेख्य रूपमा बढी रहेको पाइएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल फिन्डेक्स २०२५’ प्रतिवेदन अनुसार ५८ प्रतिशत पुरुषले डिजिटल कारोबार गर्ने गरेका छन् भने महिलाको संख्या ३६ प्रतिशत मात्र रहेको छ ।

    महिला र पुरुषबीच डिजिटल भुक्तानी सेवाको उपयोगमा २२ प्रतिशतको फरक देखिएको छ, जुन दक्षिण एशियाको औसत १५ प्रतिशतको तुलनामा बढी हो ।

    यो असमानताको कारण इन्टरनेट पहुँचमा रहेको भिन्नता र डिजिटल कारोबार गर्न आवश्यक मोबाइल फोन तथा सिमकार्डको स्वामित्वमा देखिएको लैङ्गिक विभाजन रहेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदन अनुसार नेपालमा सबै वर्ग र समुदायले डिजिटल कारोबारको फाइदा समानरूपमा लिन सकेका छैनन् । साथै, नेपालमा ४० प्रतिशतभन्दा बढी दूरसञ्चार प्रयोगकर्ताका नाममा सिमकार्ड नहुँदा डिजिटल सेवा उपयोगमा थप समस्या देखिएको छ ।

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार, गएको आर्थिक वर्षको जेठ मसान्तसम्म मोबाइल वालेटमार्फत ४२ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसअन्तर्गत ३ करोड ७८ लाखभन्दा बढी कारोबारहरू भएको उल्लेख गरिएको छ ।


    images

    Logo