images
images

क्यान्सर र हृदयघात उपचारमा वागमती प्रदेशको ‘डबल राहत’ योजना


  • 1.8K
    SHARES
  • २०८२ श्रावण २७ गते मंगलबार

    क्यान्सर र हृदयघात उपचारमा वागमती प्रदेशको ‘डबल राहत’ योजना

    काठमाडौं – अब वागमती प्रदेशका क्यान्सर र हृदयघातका बिरामीको उपचार खर्चमा थप राहत मिल्ने भएको छ । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा १३ प्रादेशिक र ४ केन्द्रीय अस्पतालसँग विशेष सम्झौता गर्दै, पाठेघरको मुखको क्यान्सरमा संघीय सरकारले दिने रकम बराबरको थप सहयोग र हृदयघातको शल्यक्रिया पूर्ण निःशुल्क गर्ने घोषणा गरेको हो ।

    प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरका अनुसार, यस सम्झौतापछि पाठेघरको मुखको क्यान्सरका बिरामीले उपचारमा अब दोब्बर सहयोग पाउनेछन् । संघीय सरकारले दिने १ लाख रुपैयाँ खर्चभएपछि प्रदेश सरकारले थप १ लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्नेछ । यसअघि दिइँदै आएको ५० हजार रुपैयाँको सहयोग अब ५० हजारले वृद्धि हुने भएको हो ।

    सम्झौतामा सहभागी अस्पतालहरू

    पाठेघरको मुखको क्यान्सर उपचारका लागि सम्झौतामा बी एण्ड बी अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, क्यान्सर केयर नेपाल, चितवन मेडिकल कलेज, निजामती सेवा अस्पताल, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल, काठमाडौं क्यान्सर सेन्टर, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, वीर अस्पताल, नेशनल सिटी अस्पताल, नेपाल क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा महिला रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल रहेका छन् ।

    530065004_788252153729119_1217519077384099308_n.jpg
    undefined

    हृदयघातमा पूर्ण निःशुल्क शल्यक्रिया

    सम्झौता अनुसार, हृदयघातका बिरामीको शल्यक्रिया आवश्यक परेमा कुनै शुल्क लिइने छैन । यसका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल र बकुलहर रत्ननगर अस्पताल तोकिएका छन् ।

    स्वास्थ्य विशेषज्ञहरूका अनुसार, यस कदमले क्यान्सर र हृदयघातजस्ता गम्भीर रोगको उपचारमा आर्थिक राहात मिल्ने छ र समयमै उपचार सुरु गर्न सहयोग पु¥याउनेछ ।

    527816967_1283531186765873_8717166373689954658_n.jpg
    undefined

    स्वास्थ्य सेवा विकेन्द्रीकरणको दिशामा

    मन्त्री थापा मगरले स्वास्थ्य सेवालाई केन्द्रीकृत प्रणालीबाट बाहिर ल्याएर स्थानीय तहमा विस्तार गर्ने सरकारको लक्ष्य दोहो¥याए । मन्त्रालयका सचिव डा। सुमित्रा गौतमले प्रोस्टेट क्यान्सर स्क्रिनिङलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको बताइन् ।

    यसबाहेक, प्रदेश सरकारले ५० बेडसम्मका अस्पतालले वर्षमा कम्तीमा एकपटक र १०० बेडसम्मका अस्पतालले वर्षमा कम्तीमा दुईपटक दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।

    एकपछि अर्को जनमुखी काम गर्दै आएका मन्त्री थापा मगरको पछिल्ला यी काम पनि वागमती प्रदेशको स्वास्थ्य सुधार यात्रामा सकारात्मक कदमका रुपमा दर्ता हुने  निश्चित छ ।


    images

    Logo