images
images

प्युठान–भालुबाङ, तम्घास–रिडी सडक र सहिदमार्ग अवरुद्ध


  • 235
    SHARES
  • २०८२ भाद्र २ गते सोमबार

    प्युठान–भालुबाङ, तम्घास–रिडी सडक र सहिदमार्ग अवरुद्ध

    काठमाडौं । प्युठान–भालुबाङ सडक अवरुद्ध भएको छ । गए राति प्युठानको माण्डवी गाउँपालिका–३, भर्‍याङगैरामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सुक्खा पहिरोका कारण अवरुद्ध प्युठान–भालुबाङ सडकखण्ड खुलाउँने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    उता गुल्मीमा तम्घास–रिडी सडक अवरुद्ध छ । रेसुंगा नगरपालिका–१३, भगेरीमा पहिरोले सडक अवरुद्ध बनाएको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब साढे ६ बजे उक्त सडकखण्डमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी रोल्पामा सहिदमार्ग अवरुद्ध छ । माडी गाउँपालिका–६, हार्निङमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । आइतबार राति करिब पौने ११ बजे उक्त स्थानमा पहिरो खसेको हो । अविरल वर्षासँगै पहिरो खस्दा रुकुम–घोराही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
     




    images

    Logo