काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामि मंसिर १ गतेदेखि हुने भएको छ । एनपीएलले बिहीबार सामाजिक सञ्जालमार्फत् सो जानकारी दिएको हो ।
मंसिर १ देखि २७ गतेसम्म २७ दिन चल्ने प्रतियोगिता आठ टिमको सहभागिता रहने भएको छ । एनपीएलका लागि खेलाडीको मिनी अक्सनसमेत सम्पन्न भइसकेको छ । एनपीएलको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म भएको थियो ।
एनपीएलको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्स्ले जितेको थियो । एनपीएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किङ्स र जनकपुर बोल्ट्स सहभागी हुनेछन् ।
हरेक टोलीमा कम्तीमा चारदेखि छ विदेशी खेलाडी आबद्ध गर्न पाउने व्यवस्था छ । प्रतियोगिता किर्तिपुर र मुलपानीस्थित रंगशालामा हुने जनाइएको छ ।


